इटहरी : सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीको सीमा विवाद पुनः चर्किएको छ । सोमबार धरानका मेयर हर्कराज राईले तरहरा नजिकै पानीपियामा बोर्ड राखेपछि विवाद बल्झिएको हो । 

बारम्बार दुई उपमहानगरपालिका बिच विवाद बढ्दै गएपछि जिल्ला समन्वय समितिले ध्यान दिएको छ । दुई पालिकाका प्रमुख तथा प्रतिनिधि सँग कानुन र प्रमाण सहित छलफल गर्ने तयारी समन्वय समितिको छ । 

समिति सभापति राजन मेहताले कपुरी न्युज सँग कुरा गर्दै मङ्गलवार छलफलको लागी बोलाउने बताए । बिहान समन्वय समितिको बैठक बस्ने र दिउँसो नापी तथा मालपोतका अधिकारी सहित अनुगमन गरिने उनले जानकारी दिए । छलफल र वार्ता मार्फत समस्या समाधान गर्ने लागिएको बताउँदै सभापति मेहताले विवाद चर्काउन नहुने धारणा राखे ।

ITAHARI-DHARAN-SIMA-BIABDseema prarambha 2