इटहरी : बैङ्किङ कसुर तथा ठगी मुद्दामा इटहरी १९ का लालबहादुर विकले सफाइ पाएका छन्  । उच्च अदालत विराटनगर बिकलाई निर्दोष ठहर गर्दै जिल्ला अदालत सुनसरीको आदेशलाई उल्ट्याएको हो ।

इटहरी-२० तरहरामा सञ्चालित सिंहदेवी ज्वेलर्समा कामदारको रूपमा कार्यरत बिकलाई जिल्ला अदालतले ३ करोड १४ लाख जरिवाना र कैद फैसला गरेको थियो । सोही फैसला विरुद्ध बिक पक्षले उच्च अदालतमा पुनरावेदन दिएको थियो ।

उच्च अदालतका न्यायाधीश द्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले जिल्ला अदालतको आदेश बदर गरेको हो । उच्च अदालतमा पटक पटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो।

विभिन्न सामाजिक संस्थाले बिकको न्यायको लागि दबाब दिँदै आएका थिए ।