इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । संविधानको धारा १८८ बमोजिम आजै विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राइका अनुसार अहिले केही समयमै बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । गठबन्धनका दलहरूको बैठकले विश्वासको मत लिने टुङ्गो लगाएको उनले बताए ।

उपसभामुख सृजना दनुवार अनुपस्थित भएकोले आजको प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् । हालसम्मको अवस्थामा गठबन्धन अल्पमतमा छ । अन्य दलका सांसदको समर्थन नपाए मुख्यमन्त्री अल्पमतमा पर्ने निश्चित छ ।