धरान : यामाहा कम्पनीको नयाँ मोडल एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड मोटरसाइकल धरानमा बिक्री वितरण सुरु भएको छ ।

यामाहाको धरान स्थित अधिकृत विक्रेता विजयपुर ट्रेडर्सले आज बिहीबार नयाँ मोडलको मोटर बाइक सार्वजनिक गर्दै विक्री वितरण सुरु गरेको हो । धरान वडा-१२ का अध्यक्ष टङ्क राईले नयाँ मोटरसाइकल सार्वजनिक गरेका हुन ।

विजयपुर ट्रेडर्सले धरान-१२ छाताचोक स्थित सोमबारे हाटमा यमाहा एक्सचेन्ज मेलाको पनि आयोजना गरेको सोही स्थलमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । ट्रेडर्स प्रमुख प्रभाव खतिवडाले यामाहाले हरेक समय नयाँ मोडलका उत्पादन बजारमा ल्याउँदै आएको बताए ।

मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९ सय रहेको उनले बताए । पत्रकार सम्मेलनमा कम्पनीका एमएडब्लु म्येन्टिनेन्स म्यानेजर अमित कुमारले यामाहा प्लेटफर्ममा तीन वटा मुख्य विशेषताहरू रहेको बताउँदै ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जहा, नवीनतम डबल डिस्क र उन्नत बीएस ६ इन्जिन टेक्नोलोजीको प्रयोग भएको उल्लेख गरे ।

एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ, आकर्षक स्पोर्टी डिजाइन र बलियो १४९ सिसी एयर कुल्ड फोर स्ट्रोक सिङ्गल सिलिन्ड र ब्लूकोर इन्जिन सहितको मोटरबाईक भएको बताइएको छ ।

अति प्रभावकारी इन्जिनले औसत ४५ देखि ५० किमी प्रति लिटरको माइलेज दिने बताइएको छ । ट्याकोमिटर, ओडोमिटर, सिंगलट्रिपमिटर, फ्युलइन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको डिजिटल मिटर सहित राइडर मोटरसाइकलमा जडान छ ।

बाइकको सस्पेन्सन ड्युटीहरू अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७ स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअप गरिएको छ । नयाँ मोडलमा स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित रहेको बताइएको छ ।

नेपालभर सबै यामाहा डिलरहरूबाट विक्री वितरण सुरु भएको मोटर बाइकको लागि धरानमा असोज २४ देखि ३० गतेसम्म धरान १२ स्थित सोमबारे हटियामा ग्राण्ड मेला आयोजना गरिएको छ ।