धरान : संयुक्त राष्ट्रसङ्घ महासभाले शुक्रवार इजरायल-हमास बिच मानवीय आधारमा तत्काल युद्ध विराम लागु गर्न प्रस्ताव अत्यधिक बहुमतबाट पारित भएको छ । महासभामा युद्ध विरामको प्रस्ताव जोर्डनले राखेको हो ।

प्रस्तावको समर्थनमा १२० मुलुकले मतदान गरे । १४ देशले विरोधमा मतदान गरेका थिए । ४५ देश अनुपस्थित रहे । त्यसमा भारत र बेलायत सहित अष्ट्रेलिया, क्यानडा, डेनमार्क, इथियोपिया, जर्मनी, इराक, इटली, जापान, नेदरल्याण्ड, ट्युनिसिया, युक्रेन समेत छन्। गाजापट्टिमा मानवीय आधारमा तत्काल युद्ध विराम गर्नुपर्ने प्रस्तावको नेपाल लगायतका मुलुकहरूले समर्थनमा मतदान गरेका थिए । त्यसमा म्यानमार, पाकिस्तान, श्रीलङ्का, बांग्लादेश, चीन समेत छन् ।

अमेरिका सहित प्रभावशाली मुलुकहरूले इजरायलको समर्थनमा मतदान गरेका छन् । तथापि इजरायलको आक्रमणको पक्षमा रहेका धेरै युरोपियन मुलुकहरू मतदानमा अलग रहो ।

युद्ध विराम प्रस्तावमा गाजपट्टिमा निर्बाध आपूर्ति तथा नागरिकको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग गरिएको छ । महासभामा क्यानडाले हमासलाई आतङ्ककारी सङ्गठन घोषित गर्नुपर्ने भनी ल्याएको प्रस्तावले पर्याप्त समर्थन नपाउँदा विफल भएको थियो ।

यसैबिच बिबिसीको एक समाचार अनुसार शुक्रवार इजरायली थल सेना गाजापट्टीमा प्रवेश गरेको छ । उसको हवाई सेनाले भारी बमबारी गरिरहेको बेला थल सेना गाजामा प्रवेश गरेको हो । त्यहाँ इन्टरनेट, मोबाइल सेवा बन्द छ । थल सेनाको कारबाहीका बारेमा खासै जानकारी आइरहेको छैन ।

त्यहाँ इजरायली बमबारीमाका कारण बिहीबार–शुक्रवार २४ घण्टा हतास भागाभागको स्थिति थियो । शुक्रवार बाहे गाजामा अहिले सम्म ७ हजार सर्वसाधारणको मृत्यु भैसकेको बिबिसीले जनाएको छ ।

गाजामा बिजुली, ग्यास न पानी केही छैन । अस्पताल बेहालतको अवस्थामा छ । लाखौँ सर्वसाधारण संयुक्त राष्ट्र सङ्घीय शिविरहरू शरण लिएर बसेका छन् । बारम्बार बमबारीका कारण राष्ट्रसङ्घीय उद्धार कार्य गर्न पनि कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।

UN-voting