धरान : गाजामा भइरहेको युद्ध अस्थायी बिरामका लागि इजरायल र प्यालिस्टाइन विद्रोही समूह हमास बिच हमासको कब्जामा रहेका बन्धकहरू रिहा गर्ने सर्तमा सहमति भएको छ ।

हमासले ४ दिने युद्ध विराम बिहीबार बिहान १० बजे देखी सुरु हुने घोषणा गरेको हो । तथापि युद्ध बिराम सुरु हुने विषयमा इजरायलको कुनै प्रतिक्रिया नआएका बिबिसीले एक समाचारमा जनाएको छ ।

युद्ध विरामको सम्झौता अनुसार हमासले गाजाका बन्धक बनाएका ५० जनालाई मुक्त गर्ने । यसै गरी इजरायलले १५० जना प्यालेष्टाइनी कैदी मुक्त गर्नेछ । इजरायलले जारी गरेको ३०० प्यालेष्टाइन केदी हरूको सूचि मध्ये उक्त सङ्ख्यामा कैदी छाड्ने भएको हो । उक्त सूचीमा १२१ जना नाबालिग छन् ।

इजरायलका विदेश मन्त्री एली कोहेनले हमासको कब्जामा रहेका बन्धकहरूको पहिलो समूह बिहीबार रिहाइ हुने विश्वास व्यक्त गरेका छन् ।

अस्थायी युद्ध विरामको सम्झौतालाई विश्वका शीर्ष नेताहरूले स्वागत गरेका छन् । उनीहरूले सम्झौताको अवधि लम्ब्याएर संषर्ष बिराम गर्न आव्हान गरेका छन् । गाजाका बन्धक बनाएकाहरूको परिवारजनले यो समाचार सुनेपछि बन्धक बनाइएको आफन्त घर फर्कने प्रतीक्षामा प्रत्येक घण्टा व्यग्रता पूर्वक बितिरहेका बताएका छन् ।

यसै बिच इजरायली सेनाले केही भिडियो फुटेज जारी गर्दै गाजामा अहिले सम्म हमासको लुक्ने ठाउँ ४०० टनेल नष्ट गरेका दाबी गरेको छ । हिजो बुधवार बिहान इजरायली सेनाले युद्ध बिराम घोषणा भएपछि गाजामा सेनाको स्थल र हवाई आक्रमण रोकिने पुष्टि गरेको छ ।

इजरायली प्रधानमन्त्री बिन्यामनि नेतन्याहुका सल्लाहकार मार्क रेगेवले बन्धक रिहाइमा सबै भन्दा पहिले महिला र बालबालिकालाई प्राथमिकता दिनुपर्ने बिबिसीलाई बताएको समाचारमा उल्लेख छ ।

युद्ध विराम सम्झौताको महत्त्वपूर्ण पक्ष हमासले बनाएको बन्धक र इजरायलमा रहेका प्यालेष्टाइन कैदी प्रत्येक पटक १० जना अदलाबदली हुँदा १ दिन युद्ध बिराम थपिने छ ।

चार दिनको युद्ध बिराम अवधिमा इजरायली सेना र टैंक गाजामा जस्तो अवस्थामा छ त्यस्तै रहने अनुमान गरिएको छ । हमासको विज्ञप्तिमा इजरायली सेनाले यस अवधिका कुनै हमला र गिरफ्तारी गर्ने छैन भनी सर्त राखेको उल्लेख गरेको छ ।

सम्झौता अनुसार प्रत्येक दिन मिश्रको रफाह क्रसिङ नाकाबाट सहायता सामाग्री ढुवानीको २०० ट्रक, ४ इन्धन ट्याङ्कर, ४ ग्याँसको लारी गाजाको प्रवेश गर्न अनुमति दिइने छ ।