धरान : इजरायल-हमास युद्धमा प्यालेष्टाइनको गाजा क्षेत्र स्थित अल-शिफा अस्पताल वरिपरि हवाई आक्रमणमा सयौँले ज्यान गुमाएकोमा इजरायली सेनाले आलोचना खेप्दै आएको थियो ।

बुधवार उक्त अस्पतालका निर्देशक अबु सलामियलाई गिरफ्तार गरी इजरायली सेनाले अस्पतालको जमिन मुनी हमासको भूमिगत कमाण्ड सेन्टर सञ्चालन हुँदै आएको कुरा सार्वजनिक गरेको बीबीसीको एक समाचारमा उल्लेख छ ।

इजरायली सेक्युरिटी सर्विस आइएएसले एक वक्तव्य जारी गर्दै भनेको छ ‘अस्पतालको जमिन मुनी रहेको भूमिगत सुरुङको सञ्जालको लागि विद्युत र अन्य संसाधनको कमाण्ड सेन्टर सञ्चालन हुँदै आएको थियो ।’

वक्तव्यमा अस्पताल निर्देशक अबु सलामियाको मातहतमा अस्पतालमा हमासको आन्तरिक सबै ‘आतंकी’ गतिविधिहरू सञ्चालन हुँदै आएको दाबी गरिएको छ ।

इजरायली सेनाले उक्त दाबीलाई पुष्टी गर्दै बुधवार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भूमिगत सुरुङ भित्र शौचालय, भान्सा घर, एयर कण्डिसन आदिको तस्बिर सार्वजनिक गरेको छ ।

गत: साता इजरायली सेनाले गाजा स्थित उक्त अल-शिफा अस्पताल नियन्त्रणमा लिएको थियो । सेनाले अस्पतालको जमिन मुनी बनेको सुरुङमा हमासले कमाण्ड सेन्टर चलाइरहेको दाबी गरेको थियो । उक्त दाबीमा अमेरिकीले सहमति जनाएको थियो ।

प्यालेष्टेनी विद्रोही समूह हमासले भने उक्त आरोपको खण्डन गरेको छ ।