इटहरी : इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सञ्चालकहरू लाई पक्राउ गरेको हो ।

संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक सहितको टोली परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मिका अनुसार बचत कर्ता उजुरीका आधारमा पक्राउ गरिएको हो । अहिले प्रारम्भिक अनुसन्धानकै चरणमा रहेकाले थप केही भन्न नसकिने उनको भनाइ छ । पछिल्लो समय सहकारी तथा वित्तीय क्षेत्र संवेदनशील बन्दै गएकाले प्रहरीले गम्भीर रूपमा लिएको रेग्मीले बताए ।

लामो समयदेखि बचतकर्ताहरूले बचत रकम फिर्ता नगरेको भन्दै सहकारी सञ्चालकलाई दबाब दिँदै आएका थिए । सञ्चालकले ४० करोड भन्दा बढी बचत रकम फिर्ता गर्नुपर्ने बचतकर्ताहरूको दाबी छ ।