धरान : मधेस प्रदेशका विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेका व्यक्तित्वहरूलाई सहित पूर्व मिस नेपालहरू शनिवार काठमान्डुमा सम्मानित भएका छन् । उनीहरूलाई उपराष्ट्रपति राम सहायप्रसाद यादवबाट सम्मान पत्र तथा कदर पत्र प्रदान गरिएको हो ।

सम्मान कार्यक्रम पर्सा मिलन केन्द्रको २३ औँ वार्षिकोत्सवको अवसरमा भएको केन्द्रका अध्यक्ष उमेशकुमार गुप्ता रौनियारले बताए । सम्मानित हुनेहरूमा शिक्षातर्फ प्रा.डा. रामदेव तिवारी, स्वास्थ्य  स्त्री रोग विशेषज्ञ प्रा.डा. अचला वैद्य, कला लोकगायक सलीम अहमद, साहित्य कवि दिनेश गुप्ता, उद्योगी ताराचन्द्र केडिया र व्यवसायी उर्मिला श्रेष्ठ प्रधान छन् ।

यस्तै खेलकुद कुस्तीका राष्ट्रिय खेलाडी कुन्दन साह तुरहा, सामाज सेवा मनोज राम, सञ्चार रेडियोकर्मी ध्रुवकुमार साह तेली, विज्ञान तथा प्रविधि इन्जिनियर चन्द्रेश्वर राई र टेलिभिजनकर्मी प्रतिमा चौधरी छन् ।

साथै प्रथम मिस नेपाल रुबी राणा शाह, पूर्व मिस नेपाल उषा खड्गी, प्रसिद्धि शाह, रक्त सञ्चार प्रवीण मानन्धर, महिला पूर्व प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, सञ्चार प्रतिमा चौधरी, विद्यावारिधी डा. सुरेन्द्र महतो, पोषण विज्ञ मिरा शाहलाई कदर पत्र प्रदान गर्दै सम्मानित गरिएको छ ।

यसै गरी कदरपत्रबाट सम्मानित हुनेहरूमा अरविन्द साह खल्ती एप, प्रथा बस्नेत एफोर्डेबला थ्रीफ्सटोर नेपाल, राजन श्रीवास्तव समाज सेवा, आयुष केडिया युवा व्यवसायी, हिमांशु गुप्ता रजत पदक जुडो, मुस्कान खातुुन एसिड आक्रमण विरुद्ध अभियन्ता, रिंकु कुमारी ठाकुर बाल विवाह विरुद्ध अभियन्ता, श्रवण प्रसाद साह दैनिक भोजपुरी टाईम्स र मनिष पौडेल डिजिटल मिडिया, डा.ज्याउल हक अंसारी विद्यावारिधि, इन्जिनियर अंकु जयसवाल छन् ।

प्रशंसा पत्रले सम्मानित हुनेमा मुकेश महतो नुनियाँ चित्रकला, अमोद प्रसाद गुप्ता भोजपुरी कविता र नरेश कुमार पटेल छन् । उनीहरूलाई उपराष्ट्रपति यादव र उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजालले सम्मानित गरेका थिए । सभापतित्व केन्द्रका अध्यक्ष रौनियारले गरेका थिए ।

२००७ सालमा पर्साबाट प्रजातन्त्रका लागि भएको आन्दोलनको सम्झनामा प्रत्येक कात्तिक २६ गते वार्षिकोत्सव गरिदैं आएको थियो । यसपालि तिहारको लक्ष्मीपूजा परेकाले मङ्सिर ९ गते गरिएको बताइएको छ ।