इटहरी : जङ्गली हात्तीको आक्रमणमा परी इटहरी-२ का रविन खड्काको मृत्यु भएको छ । बुधवार राति ९ बजे उनलाई हात्तीले आक्रमण गरेको हो ।

हात्ती धपाउने क्रममा खड्कामाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । लामो समयदेखि दैनिक २६ वटा जङ्गली हात्ती इटहरी आसपासको बस्तीमा आउने गरेका छन ।

साँझ साढे ५ बजेदेखि नै हात्तीको समूह गाउँमा आउने भएकाले सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीयले माग गरेका छन् । मङ्गलवार मात्र इटहरी-२ कै नैनकला राईको घर भत्काएको थिए ।

गत भदौमा सोही गाउँकी लक्ष्मी राई को घर हात्तीले भत्काएपछि तरुण दल सुनसरीले नयाँ घर बनाइदिएको थियो ।