धरान : संयुक्त राष्ट्रसङ्घ महासभामा गाजापट्टीमा चलिरहेको इजरायल-हमास युद्ध विरामको कुनै विकल्प नभएको प्रस्ताव पारित भएपछि इजरायल माथि युद्ध विराम गर्न अन्तर्राष्ट्रिय दबाब बढेको छ । राष्ट्र सङ्घमा उक्त प्रस्ताव पारित भए लगत्तै इजरायली प्रधानमन्त्री  बिन्यामिन नेतान्याहुले ‘विश्वको कुनै पनि दबाबले युद्ध नरोकिने’ बताएका थिए ।

उनले हमासलाई समाप्त गर्न गर्नु इजरायलको लक्ष्य भएको बताएका छन् । गाजामा इजरायली अधिकारीहरूले उनीहरू आम जनतालाई बचाउने रणनीति तयार गरिरहेको बताएका छन् । बीबीसीको एक रिपोर्टमा भनिएको छ ‘इजरायलले हमासलाई जरैदेखी नष्ट गरे पनि हमासको विचारधाराले सङ्घर्ष गरिनै रहने छ ।’

हालै इजरायली सेनाले गाजामा बन्धक बनाइएका ३ जना सेतो झण्डा लिएर हिँडिरहेको अवस्थामा आफ्नै इजरायली नागरिकलाई झुक्किएर हत्या गरेपछि प्रधानमन्त्री नेतान्युमाथी युद्ध बिरामको लागि वार्ता गर्न थप दबाब बढेको छ । उक्त घट्नाले इजरायली सेना आलोचनाको तारो बनेको छ । इजरायली सेना माथि युद्धको नियम उल्लङ्घन गरेको आरोप लागेको छ ।

पूर्व ब्रिटिस रक्षा सचिव बेन बाँलेले भनेका छन् ‘इजरायलको रणनीतिले आउँदो पचास वर्ष सम्म लडाइँलाई जारी राखेमा दुनियाँमा मुस्लिम युवाहरूले चरमपन्थी जोखिम उठाउने छन् ।’ गाजामा युद्धका कारण बिसौँ हजारको सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएपछि पनि इजरायल युद्ध विरामको अन्तर्राष्ट्रिय माग उपेक्षा गर्दै आएका छ ।

इजरायली नेताहरुसंको भेटघाटमा इजरायलमै रहेका अमेरिकी रक्षामन्त्री लाएड अस्टिनले इजरायलले गाजामा यति धेरै मानवीय क्षति पुर्‍याएर प्यालिस्टाइनीहरुलाई हमासको पक्षमा लाग्न सक्ने जोखिम बढाएको बताएका छन् । हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले युद्धमा अहिले सम्म लगभग २० हजार जनाको मृत्यु भएको जनाएको छ ।