विराटनगर : कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता अधिवक्ता रूपेश कोइराला आइतबार नियुक्त भएका छन् ।

नवनियुक्त मुख्य न्यायधिवक्ता कोइरालाले आज आइतबार शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ् र मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले कोइरालालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

कोइरालालाई मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

मोरङको विराटनगर-९ का स्थायी निवासी अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घ मोरङका पूर्व सभापति तथा हालका सल्लाहकार थिए ।