धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्की अधिनायकवादी कार्यशैलीमा उत्रिएका छन् ।

पछिल्लो पटक उनले प्रतिष्ठानका रजिस्ट्रार प्राढा सूर्यप्रसाद संगौलालाई आन्तरिक, बाह्य पत्राचार र मुद्दा, मामिला सम्बन्धी कार्यहरू समेत हेर्न नपाउने गरी अपमानजनक रूपमा रजिस्टारमा निहित अधिकार समेत खोसेका छन् ।

कामु उपकुलपति कार्कीले पोष २९ गतेको मितिमा रजिस्ट्रार सङ्ग्रौलालाई ‘अख्तियारी फिर्ता गरिएको’ पत्र लेखेका छन् । पत्रमा उनले कामु उपकुलपति नियुक्ति पछि दिएको अख्तियारी आजैको मिति देखी फिर्ता गरिएको जानकारी गराउँदछु भनेका छन् ।

प्रतिष्ठान सञ्चालन सम्बन्धी ऐन, कानुनमा रजिस्ट्रारको काम, कर्तव्य र अधिकार बाहेक कामु उपकुलपतिले थप के के अख्तियारी दिएका थिए ? त्यो कुरा पत्रमा उल्लेख छैन । तर रजिस्ट्रार दैनिक कार्य आन्तरिक, बाह्य चिट्ठीपत्र हेर्ने पत्राचार गर्ने कार्यमा पनि रोक लगाउने कुरा उल्लेख गरी अपमानित हुने सम्मको अधिकार विहीन बनाउन खोजेको देखिएको छ ।

सातौँ वर्ष देखी रोकिएको प्रतिष्ठानको चिकित्सक शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कार्य कामु उपकुलपति कार्कीकै कारण अघि नबढेको आरोप उनी माथि लाग्दै आएको छ । लोकसेवा आयोगले मौन सहमति दिएको, प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री यसै साता प्रतिष्ठानमै आएर प्रक्रिया अघि बढाउन निर्देशन दिएपनि प्रक्रिया अघि बढाएका छैनन् ।

समस्यालाई थप चर्काउन कामु उपकुलपति कार्की प्रतिष्ठान कार्यकारिणी समितिको बैठक बोलाएर त्यसै बेला शिक्षाध्यक्ष प्राडा. सञ्जीव शर्मालाई निमित्त तोकेर बिदामा बसेका छन् । उनको यस्तो व्यवहारले बिपी प्रतिष्ठान ठप्प हुने अवस्थामा पुगेको छ ।

निमित्त तोकेर बिदामा बसेका कामु उपकुलपति कार्कीले क्वाटरबाटै पत्र लेखेर रजिस्ट्रार माथि गरेको प्रहारले उनको कार्यशैली अधिनायकवादी भएको देखिएको छ । यसबिच कामु उपकुलपतिले फ्याकल्टी इञ्जार्जहरू पनि फेरबदल गरेको बुझिएको छ । यस्तो नीतिले बिपीको समस्या समाधान हुने भन्दा थप जटिल बन्दै जाने सम्भावना बढेको छ ।

pralhad karki letter