विराटनगर : कोशी अस्पताल भित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाका औषधि नपाउने गरेको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला औषधि पसलको सोमवार अनुगमन गरेका छन् ।

उपमेयर शिल्पा निराला कार्की सहित गरिएको अनुगमनमा मेयर कोइरालाले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएका औषधि पसलमा भए नभएको निरीक्षण गरेका थिए ।

जनताको सुविधाका लागि सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताउँदै उनले जनतालाई दुःख दिने काम नगर्न औषधि पसललाई निर्देशन दिए ।

अस्पतालका डाक्टरले स्वास्थ्य बिमामा पाउने औषधि समेत नलेखी अन्य औषधि लेख्ने गरेको गुनासो समेत आएको उपमहानगरपालिकाले जनाएको छ ।