वराहक्षेत्र : नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ वराहक्षेत्र नगर समितिको प्रथम अधिवेशनबाट शिवाबती धामीको अध्यक्षतामा १० सदस्य कार्यसमिति सर्वसम्मतिबाट चयन भएको छ ।

नगर कार्यसमितिको उपाध्यक्ष सन्तोष श्रेष्ठ र जानुका तामाङ सचिव द्वय देवकुमार चौधरी र ज्ञानबहादुर लिम्बू त्यस्तै सहसचिव द्वयमा आशा तामाङ र भक्त सुब्बा सदस्यहरूमा दिलबहादुर श्रेष्ठ, हरिबहादुर राई र प्रेमकुमारी चौधरी चयन भएको निर्वाचन समितिकी संयोजक नेपाल शिक्षक सङ्घ वराहक्षेत्रका सभापति गोकुल गुरागाईँले बताए ।

त्यस्तै नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ वराहक्षेत्र नगरपालिका वडा नं १ को संयोजकमा बिना राई, वडा नं २ को संयोजकमा शान्ता श्रेष्ठ सुब्बा, वडा नं ३ को संयोजकमा बिरु लिम्बू, वडा नं ४ को संयोजकमा महेश चौधरी, वडा नं ५ को संयोजकमा दिलकुमार मगर, वडा नं ७ को संयोजकमा शुकमाया लिम्बू (गुरुङ) र वडा नं ८ को संयोजकमा भविन राई चयन भएको नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि पुजा कुमारी धामीले जानकारी दिइन् ।

स्वसहमतिले चयन भएको समितिका पदाधिकारी, सदस्यहरू तथा वडा संयोजकहरूलाई प्रमाण पत्र समेत मङ्गलवार वडा नं ३ मा एक औपचारिक कार्यक्रम गरेर वितरण गरिएको छ ।

sarabati dhami