वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार वडा नम्बर ६ र वडा नम्बर ७ को बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ ।

दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक-एक गोल भएपछि दुवै टिमले १-१ अङ्क बाँडेका थिए । प्रतियोगितामा दुई खेलमा एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको वडा नम्बर ६ ले १ अङ्क जोडेको छ। एउटा खेलमा जित र एउटा खेलमा बराबरी खेलेको वडा नम्बर ७ ले प्रतियोगितामा ४ अङ्क जोडेको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ६ का गोल रक्षक आयुव बजगाईँ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै शनिवार नै भएको दोस्रो खेलमा वडा नम्बर ५  विजयी भएको छ । वडा नम्बर २ लाई शून्यका बिरुद्ब तिन गोलको अन्तरले पराजित गर्दै वडा नम्बर ५ प्रतियोगितामा लगातार दुई जित दर्ता गराएको हो । लगातार दुई खेल जितेको वडा नम्बर ५ ले प्रतियोगितामा ६ अङ्क जोड्न सफल बनेको छ भने लगातार दुई खेलमा पराजित बनेको वडा नम्बर २ ले अङ्क जोड्न सकेको छैन ।

खेलमा १ गोल गरेका वडा नम्बर ५ का अर्जुन कुवर म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत वर्षदेखि  लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा आइतबार पहिलो खेल वडा नम्बर ४ र वडा नम्बर ९ तथा दोस्रो खेल वडा नम्बर १० र वडा नम्बर ११ का बिच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।

Baraha mayor league 10-20