धरान : इमोर्टल क्लबद्वारा शनिवार आयोजित १५ वर्ष मुनिका एक दिने थ्री बाइ थ्री इमोर्टल बास्केटबल प्रतियोगिताको उपाधि होराइजन क्लबले चुमेको छ ।

होराइजन क्लबले फाइनल खेलमा सुनाखरी स्कुललाई १२-६ अङ्कको अन्तरले पराजित गर्दै उपाधि जितेका हुन । होराइजनले उपाधि सँगै नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा २२ टिम सहभागी थियो ।

उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी प्रतियोगिताको राइजिङ्ग प्लेयर सुनाखरिका हाङ्गसाङ्ग लिम्बु र मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होराइजन क्लबका नुवा राई घोषित भए ।

उनीहरूले एक थान बास्केटबल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेताहरुलाई नेपाल बास्केटबल सङ्घका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष विवेक राई, बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राईले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको सहयोगमा भएको हो ।