वराहक्षेत्र : वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरू टोलटोलमा पुग्ने गरेका छन् ।

नगरपालिकाका स्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरूसँगै समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले जानकारी दिए ।

उक्त योजना गत आर्थिक वर्षबाट नगर कार्यपालिकाबाट कार्यविधि बनाएर सञ्चालन भइराखेको छ ।

स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा आउन नसक्ने ज्येष्ठ नागरिकको तथा दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको स्वास्थ्य परीक्षण, परामर्श सेवा स्वास्थ्य परीक्षण सहित उपचार गर्ने गरिएको वडा नं ११ का अध्यक्ष कृष्ण कुमार महतोले बताए ।

barachetra swastha sibir 2