सुनसरी : इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण बढेको छ। सस्तो मूल्यमा जुत्ता चप्पल पाएपछि महोत्सवमा ग्राहकको भिड बढेका हो ।

सुनसरीको रामधुनीबाट महोत्सवमा आएकी लक्ष्मी चौधरीले बजारमा भन्दा सस्तो मूल्यमा जुत्ता किन्न पाएको बताइन् । उनका अनुसार बजारमा रहेको पसलमा भन्दा महोत्सवमा जुत्ता चप्पल सस्तो पाइएको छ ।

बाहिर भन्दा आधा सस्तो लाग्यो । उनले सुनाइन् 'कस्तो रहेछ भनेर हेर्न आएको एकै स्थानमा धेरै खाले जुत्ता चप्पल पनि पाए, दाम पनि सस्तो रहेछ ।' इटहरीकी शर्मिला थापाले महोत्सवमा २ हजार रुपैयाँ पर्ने जुत्ता १ हजारमै पाएको बताइन् ।

यस्ता मेला महोत्सवले हामी जस्ता ग्राहकको पैसा बचत गरेको छ । उनले, ‘सुनाइन् पैसा पनि जोगियो समय पनि । महोत्सवमा विभिन्न ब्रान्डका जुत्ता चप्पल एकै स्थानमा भेटियो, छान्न चार तिर कुद्न पर्थ्यो । महोत्सवमा एकै ठाउँमा पाइयो ।’ समय र पैसा दुवै बचत भएको थापाले बताइन् ।

इटहरी जुत्ता चप्पल महोत्सवमा ३ हजार मोडेलका जुत्ता चप्पल राखिएको आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए । यहाँ फस्ट वाल्क, बीएफ डियर हिल सुज, क्रस रोड, रोयल सुज र डिजे सुजका विभिन्न मोडेलहरू राखिएको बताए । बच्चा, महिला, युवा युवती र ज्येष्ठ नागरिकलाई हुने खाले जुत्ता चप्पल राखिएको छ । उपाध्यायले भने, यहाँ आएपछि जुत्ता चप्पल छान्न अन्त जानु पर्दैन।

उनले यस अघि काठमाडौँ, पोखरा, बुटवल, विराटनगर, बिर्तामोडमा महोत्सव आयोजना भइरहेको बताएका उपाध्यायले पहिलो पटक इटहरीमा यस किसिमको महोत्सव आयोजना गरिएको जानकारी दिए ।

Jutta chappal utsab itahariफागुन ११ गते देखि सुरु भएको मेलामा उत्पादक र उपभोक्ता बिच सिधा सम्बन्ध स्थापित गरी बजार प्रवर्द्धन गर्नको लागि मेला आयोजना गरिएको उनको भनाई छ ।

स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन यसको बजारीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ इटहरी जुत्ता चप्पल मेला आयोजना गरिएको आयोजकको दाबी छ । 

नेपाली जुत्ता चप्पलको बजारीकरण साथै प्रवर्द्धनमा जोड दिँदै नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरूका विभिन्न ब्रान्डका जुत्ता चप्पल विक्री गर्ने गरी मेला सञ्चालन गरिएको फुटवेयर मेन्यूफ्याक्चरीङ एसोसिएसन पूर्व अध्यक्ष नानीराज घिमिरेले बताए ।

उनले नेपाली उत्पादनका जुत्ता चप्पलहरूलाई प्रवर्द्धन गर्न मेलाको आयोजना गरिएको र नेपाली जुत्ताले नेपालका उपभोक्ताहरूलाई पुरा गर्न सक्ने अवस्था गरेको साथै नेपाली जुत्ता निर्यात समेत हुने गरेका बताए ।

itahari mahotsav