धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन ११ गते देखि ‘धरान एक्स्पो-२०८०’ सुरु भएको छ।

एक्स्पोमा बेलुका ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै दिनभर एक्स्पो किनमेल कालागी आउने उपभोक्ताका लागी कुनै प्रकारको पार्किङ शुल्क समेत नलाग्ने आयोजकले जानकारी दिएको छ ।

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा त्यसै अनुसार ५ बजेपछि टिकट सिस्टम राखेका छौँ ।’ एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन रहेको आयोजकले जनाएको छ ।

dharan-expo-parkingमेलामा यसपालि युवाहरूका लागि ट्याटु र फेस पेन्टिङ गर्ने सुविधा पनि थपिएको छ । स्टलमै ट्याटु खोपाउने सुविधा सहितको स्टल राखिएको हो । युवाहरूलाई फेस पेन्टिङ सिन स्टलमै गरिने सुविधा छ ।

चित्रकारद्वारा हातैले आर्ट गरेको चित्रकला घरमा सजाउने सौखिनहरूका लागि पोट्रेट, ल्याण्डस्केपहरु पनि विक्रीमा छन् ।

पाँचथरको मिक्लाजुङ स्थित सगुन फलफूल प्रशोधन उद्योगले किवी फलबाट तयार गरेको अर्ग्यानिक जुस, वाइन सहितका पेय पदार्थ सौखिनहरूका लागि उपलब्ध छ ।

गृहिणीहरूका लागि अर्ग्यानिक खाद्य वस्तु, बेसार देखी सरसफाइका साबुन लगायतका उत्पादक कम्पनीहरूबाट सुलभ मूल्यमा विक्री वितरण भइरहेका छन् ।

एक्स्पोमा नेपालमा बनेका दैनिक प्रयोगमा आउने उपयोगी वस्तु, मोटरसाइकल, घर निर्माणका प्लम्बिङ देखी इट्टा सम्मका सामाग्री बिक्री वितरण र प्रदर्शनमा छन् ।

एक्स्पोमा नेपाल, भारत बङ्गलादेश, पाकिस्तान लगायतका देशहरूबाट प्रदर्शकहरूको उपस्थिति रहेको छ ।

Dharan-expo-udghatan-kirati