धरान : नयाँ वर्षमा प्रकाशन गरिने रङ्गिन क्यालेन्डरहरूमा पात्रो पूर्ण विवरण नभए पनि जानकारी मुलुक सामाग्री समावेश गरिए पछिल्लो पुस्तका लागि दस्ताबेज बनाउन सकिने धरानमा सोमवार एक क्यालेन्डरको विमोचनमा सहभागीहरूले बताएका छन् ।

किरात याक्थुङ चुम्लुङ वडा-१७ द्वारा प्रकाशित विक्रम संवत् २०८१ येले तङबे ५०८५ को नयाँ रङ्गिन क्यालेन्डरको विमोचन कार्यक्रममा चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले वडा समितिले पहिलो पटक क्यालेण्डर प्रकाशित गरेर नयाँ इतिहास बनाएको बताए ।

केन्द्रीय सल्लाहकार हर्ष सुब्बाले क्यालेण्डरमा वर्तमान चुम्लुङ वडा समितिका पदाधिकारीको नाम र तस्बिर समेत दिइएकाले पछिल्लो पुस्ताका लागि इतिहासको दस्ताबेज हुने गरी प्रकाशित गरिएको उल्लेख गर्दै जानकारी मुलुक सामग्री समावेश गरी क्यालेन्डरले दस्ताबेजको काम गर्ने बताए ।

प्रकाशन संयोजक प्रेम मादेनको सभापतित्वमा भएको विमोचन कार्यक्रममा चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पपाचाङबाङ, नगर अध्यक्ष तीर्थराज लिम्बु, केन्द्रीय सल्ला चन्द्रमाया लिम्बु लगायतले वडा समितिको सकृयाताको प्रशंसा गरेका थिए ।chumlung-calendar-2