धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आदेशमा दुई सता अघि पक्राउ गरिएको ट्याक्टर छोड्न मेयर सहमत भएपछि व्यवसायीहरूले हिजो देखी नगरपालिका अगाडि तेर्स्याएको ट्याक्टरहरू हटाएका छन् ।

आज दिउँसो मेयर साम्पाङ र व्यवसायीहरू बिच वार्तामा दुई साता देखी ट्याक्टर नछोड्ने अडान लिएका मेयर ट्याक्टर फिर्ता गर्न सहमत भएका हुन ।

पक्राउ गरिएको ३ वटा ट्याक्टर र १ टिपरलाई सामान्य दस्तुर तिरेपछि भोली छोडेने सहमति भएपछि आन्दोलित ट्र्याक्टर व्यवसायीहरूले आन्दोलन तोड्दै उपमहानगरपालिका गेट र चतरा लाइनमा जाम गरिएको ट्याक्टर हटाएका हुन ।

ट्याक्टर व्यवसायीहरूको मागको सुनवाइ गर्ने भन्दै मेयर साम्पाङ खोलाबाट ढुङ्गा गिटी निकाल्न नदिने अडानमा लचिलो भएका छन् ।

वार्तामा आन्दोलित ट्याक्टर व्यवसायीहरूलाई मेयर साम्पाङले यथाशीघ्र कार्यपालिकाको बैठक राखी नदी खोला मापदण्ड ऐन, ‘आइइई’ को प्रतिवेदन अनुसार स्थलगत अध्ययन गरी खोला उत्खनन गर्न दिन सकिने सहमति पछि गरेका छन् ।

उक्त दुई वटा सहमति पछि ट्याक्टर व्यवसायीहरूको घोषणा गरेको चरणबद्ध आन्दोलन स्थगित भएको छ ।

बुधवार देखि आन्दोलित व्यवसायीहरू मेयर सम्पाङले व्यवसायी र मजदुरको समस्या वार्ताद्वारा समाधान गर्न नचाहेमा छाताचौक देखी पानी ट्याङ्की चौक सम्म ट्र्याक्टर तेर्स्याएर सडक जाम गर्ने उद्घोष गरेका थिए ।

मेयर साम्पाङको आदेशमा नगर प्रहरीले दुई दिन अघि पक्राउ गरेको ३ वटा ट्याक्टर नछोडेपछि धरानका ट्याक्टर व्यवसायी आन्दोलित भएका थिए ।

उनीहरूले राजश्व तिरेर ढुङ्गा, मिक्स गिट्टी लगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै उपमहानगरपालिका गेटमा ट्याक्टर तेर्स्याएर चक्काजाम गरेका थिए ।

आज बिहान देखी ट्याक्टर मजदुरहरू उपमहानगरपालिका गटे अगाडी बेल्चा गैँती हम्बर राखेर ट्याक्टर व्यवसायीसँगै धर्नामा उत्रिएका थिए ।

tractor andolan dharan