इटहरी : नेपाल विद्यार्थी सङ्घ सुनसरी जिल्ला कार्यसमितिले पङ्खा प्रदान गरेको छ । इटहरी उपमहानगरपालिका ११ को भानु आधारभूत विद्यालयलाई ५ थान पङ्खा उपलब्ध गराएको हो ।

बढ्दो गर्मीसँगै विद्यार्थीहरू कक्षाकोठामा बस्न नसक्ने अवस्था भएपछि नेबिसंघले पङ्खा दिने निर्णय गरेको जिल्ला सभापति प्रमोद भट्टराई बताए । साना बालबालिकालाई अध्ययनमा गाह्रो हुने बुझेर आफैले खरिद गरेर  उपलब्ध गराइएको उनको भनाइ छ ।

सुनसरीको इटहरी तुलनात्मक रूपमा सुगम भए पनि सामुदायिक विद्यालयहरू भित्रै विभेद भएको कारण सबैले समान शिक्षा पाउन नसकेको बताए । शैक्षिक सुधारको लागि हरेक विद्यालयमा आधारभूत सुविधा पुग्नुपर्ने उनको धारणा छ ।