धरान : नेपाल चलचित्र पत्रकार सङ्घ कोशी प्रदेश समितिद्वारा 'कपुरी न्यूज’का पत्रकार सुमित कार्की पुरस्कृत भएका छन् ।

सङ्घको २५ औ वार्षिकोत्सवको अवसरमा कार्कीलाई चलचित्र पत्रकारितामा नयाँ पुस्ताका प्रतिभा प्रोत्साहन स्वरूप चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१ नगद पुरस्कार ५०२५ रुपैयाँ प्रदान गरिएको हो ।

सोही अवसरमा चलचित्र पत्रकारितामा लामो समय देखी योगदान पुर्याउदैँ आएका पत्रकार भीषण राई र गोपाल दाहाललाई सम्मानित गरिएको छ । उनीहरूलाई कोशी प्रदेश सभा सदस्य विजय कुमार राईले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

सङ्घकी अध्यक्ष सञ्जु राईको सभापतित्वमा भएको वार्षिकोत्सवमा कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, सङ्घका पूर्व अध्यक्ष, एसपी भीम दाहाल लगायतले वार्षिकोत्सवको शुभकामना प्रकट गरेका थिए ।