धरान : हालसालै सम्पन्न विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७ औँ शृङ्खलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागी जनाएको कुराले धेरै मिडियामा छायो ।

हरेक वर्षको मे महिनामा फ्रान्सको कान्स शहरमा आयोजना हुने चलचित्र महोत्सव फिल्म र फिल्मसँग सम्बन्धित व्यक्तित्वका लागी निकै चासोको रूपमा रहने गर्दछ।

कान्स फिल्म फेस्टिभलको इतिहास लामो भए पनि नेपाली सेलेब्रेटीहरुको कान्स यात्रा धेरै भएको छैन । यसअघि नेपालबाट नायिकाहरू प्रियङ्का कार्की, सुरक्षा पन्त लगायतले सहभागिता जनाइसके पनि नेपाल बाहिर लन्डनबाट यस वर्ष मोडेल अनिता लिम्बुले पनि कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी छिन् ।

लन्डनमा हुने धेरै फेशन सोहरू देखि चर्चित टेलिभिजन रियालिटी शो सम्म सहभागिता जनाइसकेकी इटहरी, सुनसरीकी मोडेल अनिताले धेरै नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन ।

Caans-Anita-4Canns-Anita-6Caans-Anita-2Caans-Anita-3