धरान : धरान-३ बजारको माछाभौडीमा आज मङ्गलवार १२ बजेको समयमा छुरा प्रहार गरी फरार भएको ज्वाइँ भनिएका व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

ज्वाइँ पर्ने व्यक्तिले जेठि सासु सृजना शाही (राई) र उनकी छोरी युजिना शाहीलाई छुरा प्रहार गरी ज्वाइँ फरार भएका छन । छुरा प्रहारबाट घाइते भएका सृजना शाही (राई) र उनकी छोरी युजिना शाहीलाई तत्काल उपचार गर्न विपी प्रतिष्ठान पुर्‍याइएको छ ।

छोरी युजिनाको स्वास्थ्य अवस्था गम्भीर रहेको विपी अस्पतालले जनाएको प्रहरीले जानकारी दिएको छ । छुरा प्रहार गर्ने नियन्त्रणमा लिए पनि प्रहरीले नाम भने बताएन ।

वडा ३ का अध्यक्ष विद्या शाक्यले बताए अनुसार छुरा प्रहार गर्ने व्यक्ति परिवारको आफन्त पर्ने ज्वाइँ हुन । काठमाडौँबाट आएर एक्कासि छुरा प्रहार गरेको उनको भनाई छ । वडा अध्यक्ष शाक्यले भने ‘उनीहरूको पारिवारिक झगडा कारण हुनसक्छ ।’

इलाका प्रहरी कार्यालयले छुरा प्रहार गर्ने कारणको खोजी र थप अनुसन्धानको प्रक्रिया जारी रहेको बताएको छ ।