धरान : चर्चित गायक राजेश पायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेल समेतको स्वरमा नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीको गीत ‘फुलको वासना सरी’ सार्वजनिक भएको छ ।

गीतमा प्रहरीको पीडा र भावना मुखरित भएको छ । हिमालको चुचुरा देखि तराईको गर्मीसम्म जनताको सेवा, सुरक्षामा खटिने नेपाल प्रहरीको अव्यक्त भावना गीतमा व्यक्त गरिएको छ । सङ्गीत दीपक शर्माले दिएका छन् ।

गीतको भिडियोमा ४ जना कलाकार प्रहरीको भूमिकामा छन्, रमेश उप्रेती, रमेश उप्रेती प्रियङ्का कार्की, प्रकाश सपुत र बेनिसा पौडेलको अभिनयले गीतलाई थप आकर्षक बनाएको छ ।

गीतको भिडियो निर्देशन निर्देशक गम्भीर बिष्टले गरेका छन् । छायाङ्कनको परिकल्पना सरोज ओलीको रहेको छ । श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा पवन सुसलिङले छायाङ्कन तथा सम्पादन गरेका हुन ।

गीतकार प्रहरी प्रवक्ता कार्कीले भने ‘मेले गीतमा प्रहरीका दुःखहरू छन्, नागरिकप्रति खटिँदाका अनुभव, राष्ट्र र राष्ट्रियताप्रतिको अटल विश्वास अभिव्यक्त गर्न खोजेको छु ।’