इटहरी : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मङ्गलवारबाट सुरु गरेको आमरण अनसन तोडेका छन् । मुख्यमन्त्री कार्यालय विराटनगरमा सरकार र कार्की पक्ष बिच सहमति भएपछि विराटनगर ६ का डेढ महिनाका बालकको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारी र पूर्व मुख्यमन्त्री कार्कीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक गोपाल तामाङ र मोरङ काँग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझीको रोहबरमा सहमति भएको हो । 
सहमति पत्रमा उल्लेख भए अनुसार कार्कीले उठाएका कतिपय माग तत्काल कार्यान्वयनमा लैजाने र स्वास्थ्य जस्तो गम्भीर सवालमा सहमति र छलफल पछि टुङ्गो लगाइने भएको छ ।
पूर्व मुख्यमन्त्री कार्कीले हिजो मङ्गलवारबाट अनशन सुरु गरेका थिए । दश वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचार हुनुपर्ने मुख्य मुद्दा लिएर उनले अनसन सुरु गरेका हुन् ।
kedar ansan agreement