धरान : धातु व्यवसायी सङ्घ धरानको अध्यक्षमा रोजेश उदास निर्वाचित भएका छन्। उदासको अध्यक्षतामा ११ सदस्यीय समिति निर्विरोध चयन भएको हो ।

सङ्घको आइतबार भएको साधारण सभाले प्रथम उपाध्यक्षमा श्रेशु ताम्राकार, द्वितीय उपाध्यक्षमा अशोक तुलाधर चयन गरेको छ । सचिव शिवानन्द साह, उपसचिव पुष्प शाक्य र कोषाध्यक्ष उज्ज्वल ताम्राकार रहेका छन् ।

सदस्यहरू चन्द्रा हलवाई, रोजी ताम्राकार, नीरज ताम्राकार, रिवाज ताम्राकार र अशोक उदास छन् ।