धरान : नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र-१ को क्षेत्रीय सभापतिमा महेन्द्र राउत चयन भएका छन् । उनको सभापतित्वमा ५१ सदस्यीय कार्यसमिति चयन भएको छ ।
समितिको वरिष्ठ उपसभापतिमा अनिल चोङबाङ, उपसभापतिहरूमा ज्ञानेन्द्र लिम्बु, ज्ञानेस राई, वीरेन तामाङ, पारसहाङ राई रहेका छन्।
सचिवहरू नीरज राई, मौसम पोर्तेल, सहसचिवहरू अनिल तामाङ, कल्याण खत्री, विजय लिम्बू, आयुष अग्रवाल, विनोद राजधामी, अनिल शर्मा, बुद्ध तामाङ छन् । कोषाध्यक्षमा ग्रीष्मा चौधरी छन् ।
काँग्रेस क्षत्रिय समितिद्वारा मङ्गलवार धरान स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेविसंघ क्षेत्रीय समिति पुनर्गठन भएको हो ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा थिए ।
नेबिसंघ केन्द्रीय सदस्य सङ्गीता बाहिङ राईले क्षेत्रीय समिति गठनको प्रक्रिया विधानमा नभएको हुनाले गुटउपगुटको आधारमा पार्टीले हस्तक्षेप गर्न नमिल्ने बताएकी छन् । भातृ सङ्गठनहरूलाई बिधानत अगाडि बढ्न दिनुपर्ने उनको भनाई छ ।
अर्का केन्द्रीय सदस्य दोर्ची सेर्पाले पुनर्गगठित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका छन् । नयाँ क्षेत्रीय सभापति महेन्द्र राउतले सङ्गठनको विधान अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
Nepal-student-union