धरान : सिटी सफारीको ब्याट्री चार्ज गर्न विद्युतीय उपकरण जोड्दा विद्युत सर्ट भएर करेन्ट लाग्दा मङ्गलवार बिहान दमक–८ मा एक सिटी सफारी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामको महमाई–४ घर भई दमक–८ मा डेरा गरी बस्ने सिटी सफारी चालक २६ वर्षीय कमल बुर्जा मगर भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको थप उपचारको लागी बी एन्ड सी अस्पताल बिर्तामोड पुर्याउदाँ मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।