झापा : झापाको गाैरिगञ्ज २ मा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

हिजो बिहान सवा ९ बजे गाैरिगञ्ज -२ का ३३ वर्षीय महेश राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत् सर्ट भई उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका राजवंशीलाई तत्काल उपचारको लागी लाइफलाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय  गाैरिगञ्जले जानकारी दिएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गाैरिगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।