धरान : शारीरिक सुगठनमा २२औँ ‘मिस्टर धरान’ को उपाधि भाटेपुल धरान-८ स्थित क्रन्च फिटनेसका अर्पन लिम्बुले जितेका छन् ।

हाम्रो व्यायामशालाद्वारा शनिवार आयोजित शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहका विजेता अर्पन लिम्बुले ‘मिस्टर धरान’ उपाधिसँगै नगद पुरस्कार १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

उपबिजेता हाम्रो व्यायामशालाका ७५ केजी तौल समूहका सन्देश पौडेल भए । उनले नगद  ७५ हजार प्राप्त गरे । तेस्रो स्थान धरान फिटनेसका आयुश लिम्बु भए । उनले नगद ३५ हजार प्राप्त गरे ।

हाम्रो व्यायामशालाबाट चौथो स्थानमा अयुप लिम्बु, पाचौं स्थानमा रहेका धनबहादुर श्रेष्ठले  नगद २५ र १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको व्यक्तिगत विधामा वेस्ट पोजरको उपाधि विजय लिम्बु, मस्ट मस्कुलरको उपाधि समीर भुजेल घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे ।

विजेताहरूलाई प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र बिक्रम लिम्बु पुरस्कार प्रदान गरे । प्रतियोगिताको उद्घाटन र समापनको सभापतित्व हाम्रो व्यायामशालाका अध्यक्ष समिन कला राईले गरेकी थिइन् ।

22th-mr-dharan