धरान : प्यालिस्टाइनी विद्रोही समूह हमासका शीर्ष नेता याह्या सिनवारको इजरायली आक्रमणमा मृत्यु भएको छ ।

इजरायली विदेश मन्त्री इसरायल कात्जले यसको पुष्टि गरेका हुन । उनले सिनवारको मृत्यु बिहीबार इजरायली सैनिक अभियानमा भएको बताउँदै उनी गत वर्ष ७ अक्टुवरमा इजरायलमा भएको आक्रमणको मास्टरमाइण्ड भएको बताए ।

हमासले भने अहिले सम्म शीर्ष नेता सिनवारको मृत्यु भएको बारेमा आधिकारिक वक्तव्य जारी नगरेको बीसीसीको समाचारमा उल्लेख छ ।

हमासका मुख्य नेताको मृत्यु भएको समाचार सार्वजनिक भए लगत्तै अमेरिकी राष्ट्रपति जो वाइडले हमास नेता मारिएको पुष्टि भएको कुरा ‘इजरायल, अमेरिका र पुरा दुनियाँको लागि एक राम्रो दिन’ भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति वाइडले सिनवारका बारेमा भने ‘हमास नेताको रूपमा याह्या सिनवार हजारैं इजरायली, प्यालिष्टाइनी, अमेरिकी र अन्य ३० भन्दा बढी देशहरुका नागरिकहरूको मृत्युको जिम्मेदार थिए ।

वर्तमान अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति चुनावमा डेमोक्रेटि उम्मेदवार कमला ह्यारिसले सिनवारको मृत्यु गाजामा चलिरहेको युद्ध समाप्त गर्ने अवसर बन्न सक्ने बताएकी छन् ।

उनले भनिन् ‘उसको मृत्यु अमेरिका, इजरायल र पुरा दुनियाँका लागि अवस्थामा सुधार आएको अर्थमा लिइनु पर्दछ ।’ सिनवारको हात अमेरिकीहरूको रगतले रङ्गिएको उपराष्ट्रपति ह्रयारिसले बताइन् ।

हमासका राजनीतिक नेता इस्माइल हनिया गतः जुलाईमा इरानको राजधानी तेहरानमा इजरायल द्वारा गरिएको कारबाहीमा मारिएपछि सिनवार हमासका नेता बनेका थिए ।