इटहरी : इटहरीमा मुख्य कार्यालय रहेको सेवा बचत तथा ऋण सहकारीले आफ्नो २४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
६ हजार ४ सय बढी शेयर सदस्यहरू रहेको सहकारीले इटहरीको राधाकृष्ण मन्दिर परिसरमा आफ्नो २४औँ साधारण सभा सम्पन्न गरेको हो । 
साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष ०८१/०८२ बजेट समेत पारित गरेको सहकारीका प्रबन्धक टेकनाथ विष्टले जानकारी दिए ।
साधारण सभाले अश्विनी बंशललाई आव ०८१/०८२ को लेखापरिक्षक समेत नियुक्त गरेको छ । 
सभामा सहकारीका निवर्तमान अध्यक्ष तीर्थ बहादुर अधिकारीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी रस्मिता तामाङ, उत्कृष्ट सेवा केन्द्रमा इटहरी सेवा केन्द्र, सबै सेवा केन्द्रका उत्कृष्ट ऋणी तथा बचतकर्तालाई पुरस्कृत गरिएको थियो । 
साधारण सभा अध्यक्ष प्रदीप पोखरेलको अध्यक्षता तथा ज्येष्ठ सदस्य ८४ वर्षीय शमशेर बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेलले गरेका थिए ।
२०५५ सालमा स्थापना भएको सहकारीले इटहरी सहित धरान, भरौल, प्रकाशपुर र झुम्का सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
sewa-sahakari-3sewa-sahakari-2