धरान : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अनन्त कुमार चापागाईँले आजबाट औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
बैकको केन्द्रीय कार्यालयमा सञ्चालक समितिका अध्यक्ष किशन मास्के तथा अन्य संचालकहरुको उपस्थितिमा आयोजित कार्यक्रमका बिच सिइओ चापागाँइले पदभार ग्रहण गरेका हुन ।
बैङ्क सञ्चालक समितिले चापागाईँलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैङ्कमा आयोजित पदभार ग्रहण कार्यक्रममा चापागाँइले संस्थागत सुशासन र नियमाकिय प्रावधान भित्र रहेर संस्थालाई एक सबल, सक्षम र उदाहरणीय बैङ्क बनाउने योजना रहेको बताए ।
बैङ्किङ र वित्तीय क्षेत्रमा अनुभवी चापागाईँको नेतृत्वमा मितेरी डेभलपमेन्ट बैङ्कले उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास लिएको अध्यक्ष मास्केले बताए ।
बैङ्कले गत पौष २७ गते शनिवार १९ औँ वार्षिक साधारण सम्पन्न गरी ०८०।२०८१ को मुनाफाबाट शेयरधनीलाई १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
सो लाभांश वितरण पश्चात बैकको चुक्ता पुँजी १ अर्ब २१ करोड भन्दा बढी भएको र प्रदेश स्तरीय ”ख” वर्गको विकास बैकको रूपमा स्तर उन्नति गर्ने प्रस्ताव समेत पारित गरेको छ ।