धरान : धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङलाई धरान उपमहानगरपालिका वडा नम्बर १७ कार्यालयले स्वागत तथा सम्मान गरेको छ ।

कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष चाम्लिङलाई सम्मान गरेका हो ।

वडा कार्यालय परिवारले चाम्लिङलाई खादा ओढाएर मायाको चिनोको रूपमा खुकुरी प्रदान गरेको छ । धरान १७ निवासी चाम्लिङ केही दिन अघि बिदामा नेपाल आएका थिए ।

विदेशमा रहेर पनि आफ्नो  वडाको विकाशमा धरान १७ समाज हङकङ परिवारले निरन्तर सहयोग पुर्याउदै आएकोमा कदर स्वरूप सम्मान गरिएको धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी गराए ।

समाजले वडाको शिक्षा, स्वास्थ्य, खेलकुद, असहाय, विपन्न लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको अध्यक्ष भट्टराइले बताए । स्वागत तथा सम्मान कार्यक्रम आयोजनाका लागि १७ समाज हङकङका अध्यक्ष मधुकुमार चाम्लिङले वडा परिवारलाई धन्यवाद दिएका थिए ।

उनले वडामा बन्दै गरेको सार्वजनिक शौचालयका लागि १७ समाज हङकङले सहयोग सङ्कलन अभियान चलाइरहेको र डेढ लाख भन्दा माथि उठिसकेको समेत जानकारी गराए ।

आफू हङकङ फर्किए पछि तत्काल सहयोग रकम पठाउने उनले बताए । विदेशमा रहे पनि आफ्नो  टाउको, देशको सधैँ माया रहने र समाजले निरन्तर सकेको सहयोग गर्ने अध्यक्ष चाम्लिङले प्रतिबद्धता जनाए ।

समाजले आफ्नो वडा बाहेक पनि २०७२ सालको भूकम्प पीडित, बाडीपीडित, कोरोना महामारी लगायत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा वडा न। १७ का निवर्तमान वडा सदस्य सुवास वर्देवा, वडा कार्यालय वारिपारि लगायतको उपस्थिति रहेको थियो ।