धरान : नेपाल तरुण दल सुनसरी–१ क्षेत्रीय सभापतिमा अजय राई निर्वाचित भएका छन् । साथै कोशी प्रदेश समिति क सभापतिमा जीवन लिम्बु  र प्रदेश ख सभापति साजन राई निर्वाचित भएका छन् ।
तरुण दल सुनसरी संसदीय निर्वाचन क्षेत्र–१ को मङ्गलवार धरान स्थित होटेल पूर्वी स्टारमा सम्पन्न ५ औँ क्षत्रिय अधिवेशनबाट निर्वाचित भएका हुन । अधिवेशनलाई तिनै वटा कार्यसमिति पनि गठन र पदस्थापन पनि सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा थिए । तरुण दल जिल्ला सभापति सिजन गुरुङले महामन्त्री थापाको अघि पार्टीप्रति तीव्र असन्तुष्टि प्रकट गरे । 
गुरुङले काँग्रेस पार्टी नेताहरूले तरुण दलका युवाहरूलाई गरेको व्यवहार एक एकको हेक्का रहेको बताउँदै भने ‘पार्टीले युवा सङ्गठन तरुण दललाई झन्डा, डन्डा बोक्न र युवा बिच भिडाउन मात्र प्रयोग गर्‍यो ।’ 
सुनसरीमा तरुण दलको नेतृत्व १३ वर्ष देखि गर्दै आएको बताउँदै तरुण दललाई प्रयोग मात्र गरेको आफ्नो अनुभव रहेको बताए ।
उनले नेताहरूले तरुण नेतृत्व उत्पादनमा ध्यान नदिएकोले १३ वर्ष देखी तरुण दलको महाधिवेशन गर्न समेत नदिएको बताए । 
पार्टीका नेताहरूका कारण तरुण दलले काँग्रेस बलियो बनाउने भूमिका खेल्न नपाएको उनको भनाई थियो ।
पार्टीले भातृ सङ्गठन तरुण दललाई गुमराहमा राखेको कारण तरुण दलले खेल्न सक्ने भूमिका र कर्तव्यलाई गुमाउनु परेको उनले बताए । 
गुरुङले भने ‘पार्टीका नेताहरूले तरुणको तल्लो कमिटी मात्र गठन गर्दै फेसबुकमा बधाई बधाई खाने काम मात्र गर्दै आएका छन् ।’
पार्टीका प्रदेश महामन्त्री थापाले भने ‘नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो, सबैलाई बोल्ने स्वतन्त्रता छ ।’ तरुण दल पार्टीको भातृ सङ्गठन भएकोले यस्को भूमिका तरुणहरूले खोज्नु पर्ने बताए । युवाहरू बिना कुनै पार्टी नचल्ने बताउँदै महामन्त्री थापाले भने ‘युवाहरू भनेको देशका शक्ति हुन, युवाले गर्दा नै पार्टी अगाडि बढेको छ ।’
कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र गोले, धरान सभापति श्याम पोख्रेल, निवर्तमान मेयर तिलक राई लगायत पार्टीका नेताहरूले शुभकामना प्रकट गरेका थिए ।   
नयाँ कार्यसमिति 
tarun-dal
तरुण दल सुनसरी–१ संसदीय निर्वाचन क्षेत्रीय कार्यसमितिको सभापतिमा अजय राई, उपसभापति रोशन राई, विशाल बस्नेत, कृष्ण राई, ज्वाला तुलाधर निर्वाचित भएका छन् । 
सचिवद्धय विमल बुढाथोकी, सुजन खड्का, सहसचिव अधिय श्रेष्ठ, जसमान लिम्बु, अशेष लिम्बु, कोषाध्यक्ष प्रसन्न गुरुङ चयन भएका छन् । 
सदस्यहरूमा विनायक ताम्राकार, प्रज्वल श्रेष्ठ, सुदिप राई, सुवास केसी, विसम राई, कुसाङ्ग थेबे, मनकुमार राई, सुभम श्रेष्ठ, प्रभाकर भट्टराई, बलराम सुवेदी, नितेश राई, सुमित्रा कालिकोटे सर्वसम्मत चयन भएका हुन ।
सुनसरी–१ प्रदेश सभा क सभापति जीवन लिम्बु उपसभापति भवानी बास्तोला, सचिव रुमित कुमार खत्री र कोषाध्यक्ष राजमाया लिम्बु रहेका छन् । 
सदस्यहरूमा प्रदीप राई, प्रशान राई, भुपेन राई, विक्रम श्रेष्ठ, सुविहाङ्ग राई, प्रदीप तामाङ, सुरज श्रेष्ठ, अरुणा लिम्बु, मनकुमारी राई, विनोद बस्नेत, रोहित राई, दिवस शाक्य, दिल बहादुर राई चयन भएका छन् ।सुनसरी–१ प्रदेश सभा ख सभापति साजन राई, उपसभापति रोहित राई, सचिव सुनिल तामाङ कोषाध्यक्ष बिनु राई चयन भएका छन् ।
सदस्यहरू प्रताप बस्नेत, फुर्वा शेर्पा, प्रकाश राई, सचिन तामाङ, बालकुमार राई, रमेश तामाङ, अभय बस्नेत, निराजन कार्की, सेमिहाङ्ग राई सर्वसम्मत चयन भएका छन् ।  
निर्वाचन अधिकृत भरत शाक्यले नवनिर्वाचित ३ वटै क्षेत्र र प्रदेशका कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई सपथ ग्रहण गराई प्रमाणपत्र वितरण गरे ।
congresh