विराटनगर : कवि नेत्र खतिवडाद्वारा लिखित मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ विराटनगरमा एक विशेष समारोहका बिच लोकार्पण गरिएको छ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ विवस पोखरेलले पुस्तकको लोकार्पण गरेका हुन्। कार्यक्रममा कवि बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाईँ, भूषण ढुङ्गेल, उमेश लुइँटेल, सुरेन्द्र कुमार साह र प्रयाग न्यौपाने लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो।
कवि खतिवडाले ‘ढुङ्गो फुलेपछि’ मुक्तक सङ्ग्रहले जीवनका कठोर क्षणहरूभित्र पनि सुन्दर भावना फुल्न सक्छन् भन्ने सन्देश दिन खोजिएको बताए। उनका अनुसार, यो कृति जीवनका संवेदना, सङ्घर्ष र आशाका प्रतीकहरूमा आधारित छ।


































































