धरान : शिक्षा प्रेमी सुरेन्द्र घिमिरेले आफ्नो जन्मदिनमा धरान–१४ हन्तकाली माध्यमिक विद्यालयमा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
घिमिरेले सोमबार जन्मदिनको अवसरमा वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक सङ्घका अध्यक्ष गोकुलप्रसाद पोख्रेलको रोहवरमा विद्यालयका प्रधानाध्यापक विनोद बस्नेतलाई १ लाख ५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।
प्रधानाध्यापक बस्नेतले आफ्नो जन्मदिनमा विद्यालयको शिक्षा क्षेत्रमा गरिएको योगदानप्रति घिमिरेलाई धन्यवाद व्यक्त गरे । वडा अध्यक्ष भट्टराईले घिमिरेले अत्यन्तै सराहनीय भएको बताए ।
घिमिरेले अक्षयकोषबाट बालबालिकाले सहजै कापी–कलम किन्न सकुन्, गुणस्तरीय शिक्षा प्राप्त गर्न टेवा पुगोस् भन्ने रहेको बताए । सहायक प्रधानाध्यापक श्रीप्रसाद कोइरालाका अनुसार घिमिरेले ,यसअघि २०७९ मा हजुरबुवा देवनारायण घिमिरेको नाममा ५० हजारको स्मृति कोष स्थापना गरेका थिए ।
घिमिरेले सुमेधा एजुकेसन नेटवर्क प्रालिका सञ्चालक र केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारमा प्राध्यापक हुन ।


































































