इटहरी : अनेरास्ववियु सुनसरीको विशेष भेला सम्पन्न भएको छ । सुनसरीको धरानमा आयोजित भेलाले उज्ज्वल सिग्देल नेतृत्वको कमिटीलाई भङ्ग गरेर शेखर रेग्मीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।
जेनजी आन्दोलनको क्रममा सिग्देलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेपछि जिम्मेवारी खोसिएको बताइएको छ। यसअघि उनै सिग्देल सँगै अध्यक्षमा दाबी गरेर रेग्मीलाई हाल अध्यक्ष बनाइएको हो ।
विशेष भेलाबाट रेग्मीको नेतृत्वमा ५१ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा आदित्य खड्का र सचिवमा अरुण चौधरी चयन भएका हुन् ।
त्यस्तै सहसचिव इबेश डाँगी, मन्दिरा तुम्सा, हरि भट्टराई, सुदिप थापा र प्रताप तामाङलाई जिम्मेवारी प्रदान गरिएको छ । कोषाध्यक्ष सज्नु खड्का र कार्यालय सचिवमा सन्तोष तामाङ र अर्जुन निरौला चयन भए ।


































































