धरान : सेन्ट जेभियर्स कलेजका अभिक शाह काठमाण्डौमा सम्पन्न हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम नवौँ चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन ।
कुल १ लाख ३५ हजार रुपैयाँ पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । 
लगातार नौ दिनको रोमाञ्चक प्रतिस्पर्धामा द ब्रिटिस कलेजका सजल न्यौपाने (९१९ अङ्क) उपविजेता भए । संस्कार गुरुकुल स्कुलका आशीर्वाद थापा (९१८ अङ्क) तेस्रो स्थानमा रहे ।
ट्रफी चुमे पछि अभिकले भने ‘मैले पहिलोपल्ट लगातार नौ दिन खेल्दा सबै खेल जिते पनि प्रतिस्पर्धा रोचक रह्यो ।’ उनले युवा खेलाडीको स्तरबृद्धिको लागि क्लासिकल चेस महत्त्वपूर्ण भएको बताए ।
उनले भने ‘हिमालयन च्यालेन्जर्सबाट हामीलाई धेरै नयाँ र आवश्यक कुरा सिक्ने अवसर मिलेको छ ।’ १७ वर्षीय उनी हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसइई कपको विजेता पनि हुन ।
समापन समारोहमा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बु, प्रमुख अतिथि थिइन् । नेपाल सरकारका पूर्व सचिव जीवन प्रभा लामा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुमार लामा घिसिङ, कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्रकुमार राई, काठमाडौँ जिल्ला चेस सङ्घका अध्यक्ष केशव श्रेष्ठ लगायतले पुरस्कार, ट्रफि, प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा साहसिक खेल विज्ञ राजीव चन्द, नेपाल स्टक एक्सचेन्ज नेप्सेका निर्देशक टिका निधि लोहनी, ललिता राई लामा लगायत उपस्थित थिए । 
स्विस लिग प्रणालीमा ९ चरणमा सञ्चालित प्रतियोगितामा १९१८ रेटेड अभिकले शतप्रतिशत जितसहित अधिकतम २७ अङ्क जोडेर उपाधि कब्जा गरेका हुन । उनी सौर्य प्रताप सिंह कार्की, आशीर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठको चुनौती पन्छाउँदै ट्रफि चुम्न सफल भएका हुन ।
निहाना महिलामा प्रथम
महिलातर्फ निहाना श्रेष्ठ (९१५ अङ्क) पहिलो भइन । समान १५ अङ्क जोडे पनि टाई ब्रेकरको आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहे । यु ८ तर्फ बिराज सरिया ९३ अङ्क०, यु १० मा शुभांग प्रधान ९१५ अङ्क०, यु १२ मा हार्दिक पन्त ९१७ अङ्क०, यु १४ मा प्रवीर केसी ९१८ अङ्क० र यु १६ मा विमश लोहनी ९१७ अङ्क० प्रथम भए । अरिज राई ९५ जित र ४ हारसहित १५ अङ्क० ले इमर्जिङ प्लेवरको अवार्ड प्राप्त गरे ।
कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागी हिमालयन च्यालेन्जर्स क्लासिक चेसमा फिडे रेटेड १५ खेलाडीसँगै अनरेटेड १५ जना सहभागी थिए । दुर्लभ हुँदै गएको क्लासिकल चेस प्रतियोगिता युवा खेलाडीको स्तरबृद्धिको लागि आयोजना गरिएको र प्रतियोगिता भव्यरुपमा सम्पन्न भएको एकेडेमी संस्थापक खम्बुले बताइन् ।
bagcha--11