इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार लालविक्रम थापा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आयोगले के विषयमा उजुरी परेको जानकारी नगराएपनि उनका विरुद्धमा उजुरी परेको पुष्टि गरेको हो । 
थापाले इटहरीको जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर हालसम्म भाडा तिरेका छैनन् । उनले आफ्नी बैनीको नाममा भाडाको सम्झौता गराएपनि विगतमा उनले उपयोग गरेको ७० लाख बढी भुक्तानी बाँकी छ । त्यस विषयमा लामो समय विवादमा तानिएका उनले अझैसम्म समस्या समाधान गरेका छैनन् । 
रास्वपा भित्र विवादित बनेका उनले सुनसरी २ मा टिकट पाएका अशोक चौधरीलाई ३ को उम्मेदवार बनाए । यसअघि पनि सुनसरी २ मा उम्मेदवार भएर पराजित थापा विरुद्ध परेको उजुरीबारे निर्वाचन आयोगले छानबिन गरिरहेको छ ।