धरान : २६औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौँ ले हात पारेको छ।
शनिवार धरान रङ्गशाला मा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्याइजले चर्च ब्वाइज युनाइटेड काठमाडौँ लाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता चर्च ब्याइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझाएको छ। चर्च ब्वाइज अघिल्लो वर्ष २५औँ संस्करणको उपविजेता टोली थियो।
प्रतिस्पर्धात्मक खेलमा प्लानिङ ब्याइजले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको दोस्रो हाफको १८औँ मिनेटमा प्रताप सिंह राई को एकल प्रयासमा भएको निर्णायक गोल नै प्लानिङ ब्वाइजका लागि उपाधि दिलाउने गोल बन्यो।
घरेलु दर्शकको व्यापक साथ पाएको चर्च ब्वाइज गोल फर्काउन असफल भएपछि उपविजेता मै सीमित हुन पुगेको थियो।
पहिलो सहभागितामै उपाधि जित्दै प्लानिङ ब्वाइज क्लब काठमाडौँले बुढासुब्बा गोल्डकपको इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउन सफल समेत भएको छ।
खेलको म्यान अफ द म्याच प्लानिङका प्रताप सिंह राई घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । एकल प्रयासमा गोल गरेका थिए ।
प्रताप सिंह राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित
व्यक्तिगत विधातर्फ पनि प्लानिङ ब्याइजले वर्चस्व कायम गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङका प्रताप सिंह राई घोषित भए ।उनलाई होण्डाको डियो स्कुटर पुरस्कार प्रदान गरिएको थियो ।
हाई स्कोर प्लानिङका प्रताप सिंह राई, झापा ११ का खेलाडीद्व्रय राजेश दाहाल,एरोन थापामगर घोषित भए । उनीहरूले समान २÷२ गोल गरेका थिए । उनीहरूलाई नगद ३५ हजार पुरस्कारबाट दामसाहीरुपमा १२÷१२ हजार  प्रदान गरिएको थियो ।
त्यस्तै गरी प्रतियोगिताको वेस्ट गोल किपर प्लानिङका योगेश धिमाल,वेस्ट डिफेन्डर प्लानिङका निनुङमा घिसिङ, वेस्ट मीड फिल्डर चर्च ब्याईजका रोहन कार्की, वेस्ट स्ट्राइकर चर्च ब्याईजका अव्यमी फकिनले,वेस्ट कोच प्लानिङका सञ्जीत सिंह, हाईस्कोरर प्रताप सिंह राई घोषित भए । उनीहरूलाई जनही नगद २५  हजार पुरस्कार प्रदान गरिएको छ ।
यस्तैगरी कपुरी न्युजकी पत्रकार रश्मी प्रधानले उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेकी छन्। उनलाई नगद ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो।
गोल्डकप प्रतियोगिताभरि उत्कृष्ट समाचार लेखन मार्फत पत्रकारितामा योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै कपुरी न्युजकी पत्रकार प्रधानलाई उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
उत्कृष्ट खेलाडी
rasmi-1