धरान : धरानका फिल्मकर्मी सत्रुघन अन्सारी र राम महर्जनले निर्माण गरेकाे अभिनेता किशोर खतिवडाद्बारा  लेखन तथा निर्देशित  नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनको विचमा सामाजिक दुरीलाई कायम गदैँ छायाँकन गरिएको थियो ।

कोरोना रोगको त्रास सगैँ नेपाली जनताले भोगनु परेको एक तिर छ भने घरवेटी र भाडामा बस्ने ब्यक्तिको पिडा र ब्यथा बाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्दछ भन्ने विषयबस्तुलाई समेटिन सकिन्छ भन्ने विषयलाई मुख्य आधार बनाएर चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक किशोर खतिवडाले बताए ।

दिवश गुरुङको छायाँकन, देव महर्जनको द्धन्द्ध ,शिषम राईको श्रृङगार, राजन महर्जनको कोरियोग्राफी, सुवास देवकोटा को सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ ।

सो चलचित्रमा बालकलाकारको भुमीकामा क्रेजा महर्जनको समेत अभिनय रहेको छ । फिल्मको प्रस्तुतकर्ता कला राईले हुन् । चलचित्रको गीतमा शब्द संगीत इश्वर खड्का र छायाँ प्रसाईँको रहेको छ । साथै गायक राजु लामा स्याङरुङ र कृष्ण प्रसाईको रहेको छ ।