धरान : नोकिया २.४ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले स्क्रीनका साथमा उपलब्ध भएको छ ।

यसमा सुरक्षाको लागि फिंगरप्रिन्ट र फेस अनलकका सुविधा छ । यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँदछ जसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट छ जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट फिचर यसमा रहेको छ । नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्ने कम्पनीले दाबी गरेको छ ।

नोकिया २.४ ग्रे रंगमा २ जीबी र्याम र ३२ जीबी रोमका साथ उपलब्ध छ । नोकिया २.४ नेपाली बजारमा १४ हजार ५९९ रुपैयाँमा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ ।