धरान : धरान-१४ स्थित पञ्चकन्या मन्दिर परिसरमा लघु चलचित्र 'द रेड मुन'को आज शुभमुहुर्त भएको छ ।

सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईको प्रमुख आतिथ्यमा र नेपाल चलचित्रकर्मी महासङ्घका १ नम्बर प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले नरिवल फोड्दै साथै सांसद राईले मुर्हत निर्देशन गरी क्ल्याप गर्दै चलचित्रको शुभमुर्हत तथा छायाङ्कन सुरु गरिएको थियो ।

यो लघु चलचित्रको निर्देशक रविन श्रेष्ठ रहेका छन् । कलाकार आरोही श्रेष्ठले अभिनय गरेकी थिइन् । भने निर्माता नवीन मेन्याङवो रहेका छन् । साथै क्यामेरा मेन लुज सिंह छन् ।

लघु चलचित्रमा प्रेम सुब्बा, तुलसा थापा, आरोही श्रेष्ठ (बाल कलाकार), विजय सुब्बा, हिमाल दाहाल, तीर्थराज राई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक श्रेष्ठका अनुसार यो चलचित्र १५ देखि २० मिनेटको हुनेछ। छायाङ्कन धरानको ग्रामीण भेगहरूमा हुनेछ । सुटिङ सोमबार सम्ममा सकिने उनले बताए ।

निर्देशक श्रेष्ठको फिल्ममा द्धन्दको समयमा गाउँमा बसोबास गर्ने मानिसहरूले भोगेको पीडालाई प्रस्तुत गर्न खोजिएको छ ।