धरान : लेखक/गायक श्री कृष्ण लुइँटेल (बोके दारी) को नयाँ गीत ’ तिम्रै हुँ साली कमला २ सार्वजनिक भएको छ । 

बि.सं २०६२ सालमा सार्वजनिक भएको चर्चित गीत साली कमलाको अपार सफलता पश्चात् गायक लुइँटेलले पुन ’साली कमला २’ आफ्नै यूट्रयुव च्यानल बोके दारी अफिसियल मार्फत सार्वजनिक गरेका हुन् ।

सङ्गीत,गायन,शब्द बोके दरी एवम् श्री कृष्ण लुइँटेलले गरेका छन् भने गीतको एरेन्ज जोनी योञ्जनको रहेको छ । केशव रायमाझीको निर्देशन, सुमन योञ्जनको छायांनकन रहेको उक्त म्युजिक भिडियोमा केशव रायमाझी , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुष्मा सुवेदीको प्रस्तुति रहेको छ । म्युजिक भिडियोमा प्रतीक श्रेष्ठको सम्पादन, कलर ग्रेडिङ हेमन तामाङको रहेको छ ।

लुइँटेलका ’ए बा किन्देउन् भट भट भटे’, ’डल्ले कि बहिनी’, ’तेरो बाऊ थोते’, ’;सुनको सिक्री’, ’ओके छ त’, ’बाँके बर्दिया’, ’केराको थम्बा’, गीत बज्यो ट्याक्सीमा..’ लगायत २०० भन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् ।