काठमाडौँ : मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सान्तोष जङ्ग थापाको शब्द रचना र नवीन कार्कीको सङ्गीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ।

नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित भिडियोमा फोटो पत्रकार प्रदीपराज वन्त र सविता श्रेष्ठको अभिनय देख्न सकिन्छ । रोजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नवीन बाबु गुरुङको सिनेमाटोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ।

सिजन इन्टरटेन्मेनटद्धारा निर्माण गरिएको भिडियोलाई सिजन टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।