धरानमा माघ १ गते गायक राजेश पायल राई सहितको कन्सर्ट तथा 'फेसन सो' हुने

  • पुष २४, २०७८
  • ४६६ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : धरानमा माघ १ गते चर्चित गायक राजेश पायल राईको कन्सर्ट र फेसन सो आयोजना हुने भएको छ। कार्यक्रम नेपाल आइस नेचुराको प्रस्तुतिमा हुन लागेको हो।

'बागिना फेसन सो एण्ड म्युजिकल नाइट २०७८' नाम दिइएको कार्यक्रममा राई इज किङ’ ले परिचित राजेशको कन्सर्टसँगै फेसन सो पनि आयोजना हुने आयोजक बागिना कला केन्द्र धरानले जनाएको छ । धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ।

माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते शनिवारका दिन उनको प्रस्तुतिसँगै गायक राकेश किराँती, परेश राई, उल्टो साइकल यात्री चित्रकुमार कार्कीलगायतको प्रस्तुतिसँगै फेसन शोको मज्जा पनि लिन सकिने आयोजक बागिना कला केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक गायक भक्तिराज राईले जानकारी दिए ।

उनका अनुसार साथमा नृत्य प्रस्तुति र चित्रकुमारको दिउँसो २ बजे धरानस्थित दुर्गा चौकदेखि भानु चोकसम्म उल्टो मोटरसाइकल प्रदर्शनी समेत रहनेछ। नेपाल आइस नेचुराको प्रस्तुति रहेको कार्यक्रममा पूर्वाञ्चल सिङ्गीङ स्टारका विजेताहरूको पनि प्रस्तुति रहनेछ।

हिमालय ग्रिन टी, समाजसेवी मिङ्मा भोटे, धरान मेघा कलेज, मन्टेश्वरी किन्डर गार्डेन धरान, आर्या ब्युटी हब एकेडेमी, केडिपी ग्रिन टी धरान, रोदुङ शिलालेख, लोटस बोर्डिङ स्कुल, राजकुमार राई रामप्रसाद राई गाउँपालिकाका वडा नं. ८ हाल मलेसिया, दोर्ज राई, रामप्रसाद राई गाउँपालिकाका वडा-८ हाल क्रोयसिया, थकाली किचन एण्ड फाष्टफुड, साइन मेकअप स्टुडियो एण्ड ब्युटी पार्लरले कार्यक्रम आयोजनामा सहयोग गरेको राईले बताए।

अफिसियल हस्पिटालिटी पार्टनर होटेल नवयुग, अफिसियल मेकअप द ब्युटी हब धरान, साउण्ड लाइफ पार्टनरमा सुन्दर साउण्ड धरान, अफिसियल मिडियामा हाम्रो कोसी आवाज डटकम रहेको उनले जानकारी दिए। कार्यक्रममा आरजे तथा भिजेको रूपमा परिचित मेरिना तुम्सा लिम्बूले कार्यक्रम सञ्चालन गर्नेछिन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2022 - Kapurinews.com All rights reserved